• २०८१ साउन ८ गते मङ्गलवार

लागूऔषधसहित एक जनालाई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, सर्लाही । सर्लाहीको बिष्णु गाँउपालिका ६ सिमराबाट शनिबार एपीएफ सशस्त्र प्रहरीको टोलीले एक्सीप्लोन नामक ६ बोतल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने २७ बर्षिय फैईज आलम छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको एपीएफ सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको हो ।

ज ३ प ५७६ नम्बरको मोटरसाइकलमा सवार निज आलमलाई एपीएफ सशस्त्र प्रहरी टोलीले जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस