• २०८१ साउन ८ गते मङ्गलवार

प्रदेश सांसद शाहिद्वारा सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री बितरण

नन्दु यादव पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे प्रतिनिधि सभा क्षेत्र न १ख का प्रदेश सभा सदस्य अजय बहादुर शाहि द्वारा कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटीने सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री आज प्रदान गर्नु भएकाे छ ।

पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिम मोलेर स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकाले स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गरिएकाे प्रदेश सदस्य शाहिले बताउनु भयाे ।तेसै गरि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र शुरक्षामकर्मी लाई पनि मध्यनजर गर्दै आज स्वास्थ्य सामाग्री बितरण गरिएकाे शाहिले बताउनु भयाे ।

प्रदेश सासद शाहिले प्रतापपुर गाउपालिका काेे स्वास्थ्य प्रमुख लाई १०सेट पिपिई ,सुस्ता गाउपालिका का स्वास्थ्य प्रमुख लाई ९सेट पिपिई ,ईप्रका बेलाटारीलाई २सेट पिपिई , नेपाल शशस्त्र प्रहरी बल गुठिप्रसाैनी लाई २सेट पिपिई ,बलिनगरमा रहेकाे शशस्त्र सुरक्षा बललाई २सेट पिपिई र ५जना पत्रकार हरुलाई पिपिई सेट सहित माक्स, सेनिटाईजर, पञ्जा लगायतका सामाग्री उपलब्ध गराउनु भएकाे हाे ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै सञ्चारकर्मी, स्वास्थ्यकर्मी र शुरक्षाकर्मीहरुले विभिन्न संघ संस्थाहरुले सुरक्षा सामाग्री प्रदान गरेर हौसला बढाएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस