बैशाख २०, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सम्पन्न भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठकले पार्टीलाई एकतावद्ध बनाई समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई एक ढिक्का भई अघि बढ्ने प्रण गरेका छन् ।
सचिवालयको बैठकले पाँच वटा निर्णयहरु गरेको प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सरकारका कामकारवाहीका बारेमा प्रधानमन्त्रीद्धारा आत्मआलोचना, पार्टीका गतिबिधिबारेमा प्रचण्डलगायतद्धारा आत्माआलोचना तथा अन्य सदस्यहरुले समेत आत्मआलोचना गरेको प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा समझदारी बनेको पनि उनले बताए । बैठकले वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय समेत गरेको छ ।