बैशाख २०, कास्की । पोखरा महानगरपालिका १० उत्तम मार्गमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका १० डेरा गरी बस्ने ३९ वर्षीय मन बहादुर गुरुङको कोठामा जुवातास खेलाइरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा निज मन बहादुर गुरुङ, पोखरा महानगरपालिका-१५ गितामार्ग बस्ने ४६ वर्षीय बम बहादुर पुन, पोखरा महानगरपालिका(१० बुद्धचोक बस्ने ३० वर्षीय रमेश पुन मगर, पोखरा रामबजार बस्ने ३० वर्षीय प्रवेश पुन, ३६ वर्षीय बल बहादुर गुरुङ, ३७ वर्षीय अशिष पुन, ४८ वर्षीय गंगा लामा, २९ वर्षीय गुमान गुरुङ, ३८ वर्षीय रविन थापा, पोखरा महानगरपालिका-१५ फलेपाटन बस्ने ४० वर्षीय सोभित गुरुङ र पोखरा महानगरपालिका-१० बस्ने ३४ वर्षीय कुल बहादुर थापा रहेका छन् । उनीहरूको साथबाट नगद ८० हजार ५० रुपैयाँ र ४ बुक तास वरामद भएको कास्की प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।