सात पुस्ताको चिन्ता गर्ने र द्वैद चरित्र भएका राजनेता, प्रत्येक शब्दको मुल्य हेरी समाचार कोर्ने पत्रकार, आफ्नो बिद्दतालाइ दलिय स्वार्थनुरुप प्रष्फुटित गर्ने बुद्दिजीबी, सम्बन्धित विषयको नक्कल गर्दै पिएच डि गर्ने प्राज्ञीक, नक्कली प्रमाणपत्रधारी मेडिकल डाक्टर, यातायत विभागमा पैसा बुझाएर लाइसेन्स लिएका ड्राइभर, नक्कली प्रमाण पत्रधारी शिक्षक, डलर, युरो र भारुको लोभले नियुक्ती पाएका बिदेसी कुट्नीतिज्ञ , सबैलाइ समेट्न नसक्ने सत्तापक्ष, निरीह प्रतिपक्ष , विधि , बिधान र पद्दतिमा चल्न नसक्ने दलीय राजनीति, कागले कान लग्यो भनी कान नछामी कागको पछि दौडने जनताबाट राज्यले केही पाउनु भन्दा पनि झन धेरैथोक गुमाउने रहेछ ! त्यसले राज्य सन्चालनको लागि निश्वार्थी र त्यागी नेता अनि अनुशासित र नैतिकवान जनता हुनैपर्ने रहेछ !
तर हाम्रोजस्तो मुलुकको लागि भने इतिहासले यस्ता नैतिकता भएका र चरित्रवान नेताहरुलाइ पाखा लगाएको छ ! गणेशमान र कृश्न प्रसाद भट्टराइले जिवनभरको राजनीतिको ब्याज जिवनको अन्तमा पार्टी त्याग र एउटा कमन्डलु नै पाए , मनमोहनको राजनीतिक जीवन पनि संघर्षमा नै बित्यो , उनको लागि कार पजेरोको कुरै छोडौ सदैब रिक्साको यात्रा हुन्थ्यो र छोटो समय प्रधानमन्त्री हुंदा अन्तमा अस्पत्तालको बेडबाट राजिनामाा दिनुपर्यो , मदन भन्डारीले छोटो समयमा नेपालको कम्युनिस्ट आन्दोलनको उपलब्धी हाता त पारे तर जीवन नै गुमाउनुपर्यो , सुशील कोइराला पनि जिवनभर पारिवारिक मोहबाट टाढा रहि देसको लागि संघर्ष गर्दा भारतसगको सम्बन्धमा लम्पसारबादी भएनन ।
तसर्थ प्रजातन्त्रमा कुनैपनि दल सत्तामा हुंदा स्वार्थरहित भावनबाट विधि, बिधान र पद्दतीमा चल्यो भने त्यही सिद्दान्तलाई अनुसरण गर्ने बानि भावी पुस्ताको पनि हुन्छ र जब देस प्रणालीमा चल्छ तब न सरकार ढल्ने भय, न त बिकास र समृद्दी भएन भन्ने तनाब ! त्यसैले अहिलेको सत्तारुढ दलले पनि यहि विधि अबलम्बन गरोस । विश्व र नेपाल पनि कोरोना भाइरसबाट आक्रान्त भएको बेला यहि मौका छोपी पद, पावर र कुर्चिकोमोहमा दौडिन खोज्दा पार्टीलाइ घाटा त भयो भयो देसको स्थिती नै फेरि अतिततिर फर्किने त होइन ?अहिले हरेक दलहरुमा विधि, बिधान र सिद्दान्तमा लागेको लेपले गर्दा दलालको दलदलमा फसिराखेका छन ! नेताज्युहरु बिचार बिमर्स गरि बढो गम्भिरतासाथ अगाडि बढ्नुहोस ! अन्यथा ” अगाडि होस आएन र पछि चेत आएर के गर्ने ” भनेजस्तो नारा समाजबादको काम नाजिबादकोजस्तो नहोस !