• २०८२ जेष्ठ ४ गते शनिवार

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भीषण आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २०, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भएको भीषण आगलागीमा भएको छ । आगलागीमा फुङलिङ बजारका सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् ।

हिजो राती १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको हो। आगो नियन्त्रणमा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा लागि परेका थिए ।

आगलागी भट्टराई होटल एण्ड लजबाट सुरु भएको थियो ।आगलागीबाट के कती क्षती भयो भन्ने विवरण आइसकेको छैन । आगलागीमा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस