चैत २०, रोल्पा । सुनछहरी गाउपालिका स्तरीय बिपद व्यवस्थापन समितिको आकस्मिक बैठक सम्पन्न भएकोछ।सुनछहरी गाउपालिकाको सभाहल पोबाङमा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष आसबहादुर पुन,उपाध्यक्ष पबित्रा घर्ती मगर,वडा अध्यक्षहरु,कार्यसमिति पदाधिकारीहरु, गाउपालिका स्वास्थ्य शाखा प्रमुख जगतबहादुर बुढा,स्वास्थ्य चौकी पोबाङका इन्चार्ज जनक गिरी,इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज अहमद अलि रदिफ अनसारी,नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सभापति खिम बहादुर बिष्ट,रोल्पा समाचार साप्ताहिकका प्रतिनिधि जुनिस कुमार बिष्टलगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नोभेल कोरोना भाइरस कोभोड१९ लाई गाउपालिकाले कसरी रोकथाम कसरी गर्ने,गत ११ गते देखि नेपालमा भएको लकडाउन गाउपालिका स्तरमा कतिको प्रभावकारी भएको छ र आगामी दिनमा कसरी जाने सो बिषयमा छलफल भएको थियो। गाउपालिकाका वडा अध्यक्षहरुले हाल सम्म भएका रिपोर्टिङ गरेका थिए। सुनछहरी गाउपालिका वडा नम्बर एकका अध्यक्ष महाबिर रानाका अनुसार वडामा स्थिति सामान्य रहेको बताउनु भयो।उहाका अनुसार प्रत्येक दिन बिहान वडा कार्यालय बाट कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक सन्देश प्रचारप्रसार गरिरहेको बताउनु भयो।
त्यस्तै वडा नम्बर दुई भित्री गामका अध्यक्ष तेमन घर्तीका अनुसार भित्री गाममा बजार व्यवसाय नभएकोले खासै समस्या नभएको,बिबाङ नाका,गुङ नाका र ग्वाखोला नाका बाट भित्र प्रवेश गर्ने मान्छेहरुको घुइँचो बढिरहेको बताउनु भयो।उहाका अनुसार हाल सम्म विभिन्न जिल्ला बाट १६ जना मान्छेहरु आएका र दुई जना होम क्वारेन्टाइनमा राखिएको जानकारी गराउनु भयो।
त्यस्तै वडा नम्बर तीन बाहिरी गामका अध्यक्ष मोतबहादुर घर्तीका अनुसार दुई जना भारतबाट र ५२ जना विभिन्न जिल्ला बाट मान्छेहरु आएको जानकारी गराउनु भयो।त्यस्तै वडा नम्बर चार स्युरीका अध्यक्ष खडग बहादुर घर्तिका अनुसार २३ जना बाहिरी जिल्ला बाट आएका र १३ जना लाई सिद्ध प्राथमिक बिधालय झिन्जा तोलमा क्वारेन्टाइनमा राखिएको र बाकी १० जना लाई होम क्वारेन्टाइनमा राखिएको र उहाँहरुको स्थिति सामान्य रहेको बताउनु भयो।
त्यस्तै वडा नम्बर पाँच जैमाकसलाका अध्यक्ष तिर्खबहादुर बुढाथोकीका अनुसार ३३ जना बाहिरी जिल्ला बाट आएका र थनबाङ तोलमा २ जना क्वारेन्टाइनमा,१६ जना पोबाङ स्वास्थ्य चौकी को क्वारेन्टाइनमा र ८ जना नारबाङ तोलमा क्वारेन्टाइनमा राखिएको बताउनु भयो। त्यस्तै वडा नम्बर छ फगामका अध्यक्ष अमरजित पुनका अनुसार हाल सम्म ५६ जना बाहिरी जिल्ला बाट गाउँ फर्केका र उनिहरु आआफ्नै घरमा सेल्फ होम क्वारेन्टाइनमा बसिरहेका बताउनु भयो। त्यस्तै वडा नम्बर सात जेलबाङका अध्यक्ष तिकाबहादुर बुढा मगरका अनुसार बाहिरी जिल्ला बाट ६२ जना र भारत बाट एक जना घर फर्केका र अहिले सम्म एक जना होम क्वारेन्टाइनमा बसेको जानकारी गराउनु भयो।
साथै उक्त बैठक बाट विभिन्न निर्णयहरु पनि पारित गरिएको थियो।गाउपालिकाका प्रवक्ता अमरजित पुन मगरका अनुसार अहिले विश्वमा फैलिएको नोभल कोरोना भाइरस कोभिड-१९ का कारण देश लक डाउन भइसकेपछी विभिन्न ठाउँ बाट घर फर्केकाहरुको आवश्यक स्वास्थ्य जाँच गरि सुरक्षीत होम क्वारेन्टाइनमा बस्न आग्रह गर्ने,अति आवश्यक खाद्यान्न आपूर्तिका लागी पाना नम्बर भएका पसलेहरुले निवेदनको आधारमा प्रत्येक वडाहरु बाट एक दिनको लागि एक जना व्यापारीलाई वडा कार्यालयको सिफारिसको आधारमा अनुमति प्रदान गर्ने,त्यस्तै बिपद कोष वृद्धिका लागि शिक्षक,कर्मचारी,संघसंस्था,देश विदेशमा रहेका सबै लाई आग्रह गर्ने त्यस्तै हाल विश्वमा महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरसका कारण स्वास्थ्यकर्मीहरु अग्र पङ्तिमा रहेर काम गर्नु पर्ने भएकोले पालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरुको प्रोत्साहनका लागि प्रमुख प्रसाशकीय अधिकृत बिरबहादुर पुनको संयोजकत्वमा आवश्यक परामर्श गर्ने त्यस्तै हाल सम्म सहयोग गर्ने नेपाल रेडक्रस उपशाखा पोबाङ लगाएत विभिन्न संघसंस्थाहरु लाई धन्यवाद दिइएकोछ ।
अबको बिपत्ति लाई सामना गर्नको लागि विभिन्न संघसंस्था,युवा क्लबहरु लाई आग्रह गर्ने त्यस्तै देश लक डाउन भइसके पछी गाउपालिका भित्रका अलपत्रमा परेका नागरिक बाहेक अन्यलाई जथाभावी आवतजावत लाई पुर्ण रुपमा बन्द गर्ने लगाएतका निर्णयहरु गरिएकोछ।उक्त कार्यक्रमको सहजीकरण गाउपालिका अध्यक्ष आसबहादुर पुनले गर्नु भएको थियो।