वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार उपप्रधान तथा रक्षा मन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ अनि ओम्नी ग्रुपका सञ्चालकविरूद्ध आफूले अख्तियारमा उजुरी दिएको बताए ।
हिजोमात्र साझा पार्टीका प्रदेश सभा सदस्य रमेश पौडेलले यही ठेक्का सम्झौतामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरूद्ध अख्तियारमा उजुरी दिएका थिए । त्रिपाठीले उनीहरू सबैलाई तत्काल हिरासतमा लिएर कारबाही अघि बढाउन पनि उजुरीमा माग गरेका छन् ।