• २०८१ मङ्सिर २२ गते शनिवार

मनमोहन मेमोरियल शिक्षण अस्पतालमा कोराेना (COVID-19) नियन्त्रण सहकारी केन्द्रको स्थापना

कोराेना भाइरस (COVID-19) सेवा कहिलेदेखि र कसरी ?
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
चैत्र २०,काठमाडौ । सहकारी दिवसलाई कोरना विरुद्धको अभियानमा समाहित गर्न नेपाल स्वास्थ्य सहकारी संस्थाले सञ्चालन गरेको मनमोहन मेमोरियल शिक्षण अस्पतामा स्वयम्भू–काठमाडौमा कोरना (कोभिड-१९) नियन्त्रण सहकारी केन्द्रको स्थापना र सञ्चालनको प्रारम्भ आजबाट गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सक्रियतामा नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संघ, राष्ट्रिय सहकारी महासंघ लि. नेपाल, राष्ट्रिय सहकारी बैक, केन्द्रीय कृषि सहकारी संघ, एवम सहकारी विभाग समेत रहने गरी संयोजक राष्ट्रिय सहकारी महासंघ लि. नेपाल रहने गरि कोराेना नियन्त्रण सहकारी व्यवस्थापन समिति गठन गरेको छ।

मनमोहन मेमोरियल शिक्षण अस्पतालमा कोरना (COVID-19) नियन्त्रण सहकारी केन्द्रको स्थापना र सञ्चालनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्यालले उद्घाटन एवम् भेन्टिलेटर, एएभ् लगायत अन्य मेडिकल सामग्री हस्तान्तरण गरेको हो।

कोरोना नियन्त्रण स्थापना कार्यक्रम समारोहमा स्वास्थ्य संस्थाहरुमा सहकारीमार्फत सञ्चालन भएका अस्पतालहरुले सेवा दिनु पर्ने विषयमा मन्त्री अर्यालले जोड दिएका थिए । नेपालमा ३५ हजारभन्दा बढी सहकारीभित्र देशको करिव आधा जनसंख्या यसमा संलग्न भएकोले यति ठूलो सञ्जाल भएको संस्थाले सहकारी मार्फत धेरै रचनात्मक कार्य गर्न सक्ने मन्त्री अर्यालले बताएका थिए।

नागरिकमा सहि सूचना, सहजिकरण एवम् नागरिक सहायता जस्ता कार्यक्रम सहकारीले गर्नुपर्ने देखिन्छ भन्दै सहकारीकर्मीहरुमा सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुसार कार्य गर्न मन्त्री अर्यालले अनुरोध समेत गरेका छन्। कार्यक्रम समारोहमा मनमोहन अस्पतालका अध्यक्ष राजेन्द्र पाण्डे, सचिव केदार न्यौपाने, कोराना नियन्त्रण सहकारी व्यवस्थापन समिति संयोजक ओमदेवी मल्लले आजको सहकारी दिवसको औचित्य र बदलिँदो आवश्यकतामाथि जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस