• २०८१ असोज २६ गते शनिवार

आयल निगमद्धारा सरकारको कोरोना नियन्त्रण कोषमा ५० करोड रुपैयाँ सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २०, काठमाडौंं । नेपाल आयल निगमले कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

सरकारी स्वामित्वको आयल निगमले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले खडा गरेको कोषमा नगद रकम सहयोग गरेको हो ।आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले सरकारले खडा गरेको कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस