चैत २०, रोलपा । मङ्गलबार वेलुकी सुनिलस्मृति गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केशवलाल कवरले बाहिरबाट आएका केहि व्यक्तिहरुमा रुखाखोकी र ज्वरो देखिएको छ भनि गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीलाई जानकारी गराउनुभयो । जानकारी पश्चात गाउँपालिका अध्यक्ष घर्तीले गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनी र प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेसँग छलफल गरि गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोतिम आलम र प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा कार्यरत डाक्टर प्रकृति भट्टराईलाई वडा अध्यक्षले भनेका व्यक्तिहरु कहाँ पुगि चेकजाँच गर्न निर्देशन गर्नुभयो ।
निर्देशन अनुसार वुधवार विहान गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आलम र डाक्टर भट्टराई वडा नं. १ तुसरपानी, पञ्चिकोट र सरङधारा गरि १८ जना व्यक्तिहरुलाई चेकजाँच गर्नुभयो । चेकजाँचबाट मौसमि रुघाखोकी भएको र तैपनि बाहिरबाट आएको १४ दिन नपुगेकाले सवै जना आ–आफ्नो घरको क्वारेन्टाइममा बस्नलाई डाक्टर भट्टराईले विरामीहरुलाई सुझाव दिनुभयो । यदि कोहि कसै आफ्नो घरको क्वारेन्टाइममा बस्नलाई समस्या भए गाउँपालिकाको क्वारेन्टाइममा बस्नुपर्छ त्यस्तो समस्या भए भन्नुस हामि तपाईहरुलाई स्थानीय सरकारको क्वारेन्टाइममा लैजान्छौ स्वास्थ्य संयोजक आलमले भन्नुभयो । उपचारमा सहभागी व्यक्तिहरुले हामि आफ्नै घरको क्वारेन्टाइममा बस्ने जानकारी गराएका थिए ।
उपचार पश्चात डाक्टर भट्टराईले विरामीहरुलाई तपाईहरुमा केहि समस्या देखिएमा तुरुन्तै मलाई फोन गर्नुहोला मैले पनि तपाईहरुसवैको नम्वर लिएको छु । वेलावेलामा मैले हजुरहरुलाई सम्पर्क गर्ने छु सवैले आफ्नो फोन अफ नगर्न समेत आग्रह गर्नुभएको छ । गाउँपालिकाले डाक्टर सहितको टिम गाउँमै पु¥याई डाक्टरबाट उपचार लिन पाउदा आफुहरु खुसि भएको समेत स्थानियहरुले बताएका गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।