• २०८० फाल्गुन १० गते बिहिवार

प्रचण्डलाई जुत्ता हानिएको घटना छानबिन गर्न एसएसपी थापाको नेतृत्वमा समिति गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरेर भएको जुत्ता प्रहारको घटनाबारे छानबिनका लागि महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।

उपत्यकामा हुने विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।

समितिमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिना सदस्य छन् ।

समितिले प्रकरणबारे छानबिन सकेर तीन दिनभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रतिवेदन बुझाउनेछ ।

प्रतिक्रिया दिनुहोस