पौष १७,काठमाडौँ । वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यले नेपालमा कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको बताएका छन् ।
बृहस्पति विद्यासदनको वार्षिक नाटक मञ्चन कार्यक्रममा आचार्यले नाटकबाट कला, संस्कृतिका बारेमा सिक्न सकिने र नेपालमा कलाकारिता गरेर नै बाँच्ने आधार तय भएको बताएका हुन् ।
उनले भने, ‘पहिले पहिले अभिभावकहरुले तपाइँको छोराछोरीलाई के बनाउने भन्दा डाक्टर बनाउने भन्नुहुन्थ्यो, इञ्जिनियर बनाउने भन्नुहुन्थ्यो तर आजकल एक्टर बनाउने, डाइरेक्टर बनाउने पनि भन्नथाल्नुभएको छ ।’
उक्त विद्यासदनको वर्षिक कार्यक्रम नाट्यमणि अन्र्तगत ‘द ह्याप्पी प्रिन्स’ लगायत तीन वटा नाटक प्रस्तुत गरेको छ ।