पौष १७,काठमाडौँ । पाकिस्तान सुपर लिग ‘पीएसएल २०२०’ को तालिका सार्वजनिक भएको छ ।
पीएसएलका सबै खेल यसपटक पाकिस्तानमा खेलिनेछ । २० फेब्रुअरीमा सुरु हुने प्रतियोगिता २२ मार्चमा समापन हुँदासम्म पाकिस्तानका ४ शहरमा खेलाइने छ । पीएसएलमा जम्मा ३४ म्याच हुनेछन् ।
पीएसएल पाकिस्तानका चार शहर कराची, लाहोर, रावलपिन्डी र मुल्तानमा आयोजना हुनेछ । कराचीको नेशनल स्टेडियममा ९, लाहोरको गद्दाफी स्टेडियममा १४, रावलपिन्डीमा ८ र मुल्तानमा ३ खेल हुनेछ ।
यो सिजनको पहिलो खेल क्वेटा ग्लाडिएटर्स र इस्लामावाद यूनाईटेडकाबीच हुनेछ । उद्घाटन खेल कराची र फाइनल लाहोरमा गर्ने पनि पीसीबीले जनाएको छ । कराचीमा क्वालिफायर र लाहोरमा एलिमिनेटरका खेलहरु पनि आयोजना गरिनेछन् ।