• २०८० चैत्र ३० गते शुक्रवार

सुनसहित एक भारतीय नागरिकलाई पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष १७,काठमाडौँ  । त्रिभुवन विमानस्थलबाट सुनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार फ्लाइ दुबईको उडानमार्फत काठमाडौँ आएका भारतीय नागरिकको साथबाट एक किलो सुन बरामद भएको हो । चेकजाँचका क्रममा उनले सुन लुकाएर ल्याएको फेला परेपछि नियन्त्रणमा लिइएको विमानस्थल प्रहरी प्रमुख रामकृपाल साहले जानकारी दिए ।

सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस