• २०८१ चैत्र ३ गते सोमवार

हेलिकाेप्टर दुर्घटनामा ताइवानका सेना प्रमुखसहित आठ जनाकाे निधन

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १७ एजेन्सी । ताइवानमा हेलिकोप्टर दुर्घटना हुँदा ताइवानका सेना प्रमुख शेन यी–मिङको निधन भएको छ ।

राजधानी ताइपेई नजिकै पहाडी इलाकामा हेलिकाेप्टर दुर्घटना हुदा ताइवानको आधिकारिक केन्द्रीय समाचार संस्थाले सेना प्रमुखकको निधन भएको पुष्टि गरेको छ । दुर्घटनामा अन्य आठ जनाको पनि ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

हेलिकोप्टरमा सेना प्रमुखसँगै १३ जना सवार रहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।  सेना प्रमुख मिङ नयाँ वर्षमा पूर्वाेत्तर क्षेत्रमा रहेका सैनिकसँग भेट्न जाने क्रममा हेलिकोप्टर दुर्घना भएको हो ।

अहिले दुर्घटनाग्रस्त क्षेत्रमा खोज्ने र उद्धार गर्ने काम भइरहेको हवाई बलका कमाण्डर इन् चिफ् हो–चीले सञ्चारमाध्यमलाई जनाए ।

प्रतिक्रिया दिनुहोस