पौष , १७ दाङ । धम्की दिँदै रकम असुल्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
रोल्पाको परिर्वतन गाउँपालिका–५ राङकोटका ३५ बर्षीय राजकुमार दमाईले एकसाता अघि घोराही उपमहानगरपालिका–१५ विपि चोक बस्ने ४८ बर्षका एक ब्यक्तिलाई धम्क्याई १३ लाख रुपैयाँ मागेका थिए । उजुरी परेपछि प्रहरीले नक्कली रुपैयाँका साथ पीडितलाई दमाईसँग भेट्न पठाएको थियो । नक्कली रुपैयाँ बुझ्दै गर्दा दमाईलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार बेलुकी पक्राउ गरेको हो ।
दमाईका साथमा एक थान कटुवा पेस्तोल र एउटा गोली समेत फेला परेको प्रहरीले जनाएको छ ।