मंसिर १६, काठमाडौं । प्रहरीको मुल्य मान्यता,आदेश निर्देशनको पालना गरी व्यवसायिक लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धान एवं नियन्त्रणको क्षेत्रमा बिशेष योगदान पुर्याउनु भएको छ ।
बिभिन्न अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको छ । आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालय धादिङले इलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेयबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०७७ साल कात्तिकू महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH ) घोषणा गर्नुभएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बधाई तथा सम्मान पत्र प्रधान गर्नु भएको हो।