मंसिर १६, बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा रहेको रुगिन स्वास्थ्य चौकीमा पनि १० शैयाको अस्पतालको शिलान्यास गरिएको छ । देशभर ५ शैया, १० शैया र १५ शैयाको अस्पताल शिलान्यास गर्ने कार्यक्रम अन्तरगत सोमबार बाजुराको हिमाली गाउँपालिकाको रुगिन स्वाथ्य चौकीमा पनि १० शैयाको असपतालको भवन सिलान्यास गरिएको हिमाली गाउँपालिकाले जनाएको छ ।
सोमबार एक औपचारिक कार्यक्रमका बिच हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले १५ शैयाको अस्पताल भवनको शिलान्यास गरेको रोजगार संयोजक बिर्खराज पाण्डेले बताए । भवन शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जनक शाही, वडा नं ४ का वडा अध्यक्ष रमेश विक,५ का वडा अध्यक्ष अम्मलाल कार्की,नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य पुर्ण बहादुर पाण्डे,नेकपाका जिल्ला कमिटि सदस्य राजन बुड्थापा, प्रदिप बुड्थापा, स्वास्थ्य शाखा प्मुख राज बहादुर भण्डारी लगायत स्थानियको सहभागिता रहेको बताइएको छ ।
जिल्लाकै दुर्गम मानिएको हिमाली गाउँपालिकामा १० शैया सहितको अस्पताल संचालनमा आएपछि गाँउपालिका भरीका स्थानियलाई सहज हुने हिमाली गाउँपािलकाका स्थानिय गौरी पाण्डेले बताएका छन् ।