• २०८१ असोज २४ गते बिहिवार

मृतक बुढाका परिवारलाई ७५ हजार सहयोग

कैलाश घर्तिमगर पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक १६, रोल्पा । ठूलो आन्द्रामा क्यान्सर रोगका कारण असोज ८ गते अर्जुन कुमार बुढा मगरको ३६ वर्षको उमेरमा निधन भएको थियो। कतारबाट रोल्पा माडी ६ का तिलक पुनमगरले आर्थिक सहयोग रकम संकलन गरि पठाएको रु ७५ हजार मृतकका श्रीमति मनजना बुढा मगरलाई हस्तान्तरण गरिएको छ।

रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर ५ का बुढालाई एक वर्ष अगाडि आन्द्रामा क्यान्सर रोग देखा परेको थियो। सहयोग संकलन जुटाएर भरतपुर क्यान्सर अस्पतालमा उपचार गर्दै गर्दा। थप उपचार गर्न आफू सङ्ग पैसा नभए पछि घर फर्किएको लगत्तै श्रीमानको निधन भएको ३१ वर्षीय अनजनाले भनिन् । श्रीमानको उपचार गर्दा करिब ३६ लाख ऋण पुगेको ऋण तिर्न आफू सङ्ग पैसा नभएको घर आर्थिक अवस्था पनि अति कम्जोर भएकाले हाल दाङ घोराही उपमहानगरपालिका १३ सिज स्वर्ग टोलमा बसिरहेको सानो जस्तापाताले छाएको घर बिक्री गरि साउको ऋण तिर्ने यसले पनि नपुग्ने भनिन् । दुई छोरी एक छोराको पालनपोषण गर्न समेत मुस्किल परेको छ। छोराछोरीलाई स्कुल पढाउन नसक्ने अवस्था आएको छ। साझ बिहान के खाने कता जाने समस्या आइपरेको छ ।

गहभरी आशु भक्कानिएर सक्दो सबैले आफुलाई सहयोग गर्न अनुरोध गरिन। छोराछोरीले बाबा खोइ कहाँ हुनुहुन्छ हाम्रो बाबा आमा भनिरहन्छ्न सोधपुछ गरिरहन्छ्न। केभनु मेरो मन रोइरहन्छ, देश विदेशबाट सहयोग गर्नुहुने सबैमा धन्यवाद दिइन्। मृतक बुढा वैदेशिक रोजगारीका लागि साउदी अरब बसेर फर्केका हुन।

प्रतिक्रिया दिनुहोस