• २०८१ चैत्र २ गते आइतवार

वडा अध्यक्ष बुढालाई धम्कि “विप्लवका सेना ल्याएर कुटाउछु:

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १६, मुगु । मुगुमा एक जना वडा अध्यक्षलाई विप्लवद्धारा कुटपिट गर्छु भनि धम्कि दिएका छन् । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्वर १२ लुम्सका वडा अध्यक्ष सुवास बुढा लाई सोही वडाका पुरीचन्द्र बुढाका माईला छोरा गोर्ख बहादुर बुढाले विप्लवका सेना लगाएर कुटपिट गर्छु भनि धम्कि दिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकरी दिएको छ ।

कार्यालयका अनुसार गएको कार्तिक १३ गते गाउमा सामान्य प्रकारको विवाद उठेपछि वडा अध्यक्ष बुढा लाई विप्लव द्धारा कुटपिट गर्ने धम्कि दिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार यो के कति कारणले विवाद उठेको हो, यस्तो के कारणले धम्कि दिएको हो भन्ने तथ्य जानकारी पाउन थप अनुसन्धान भईरहेको उनले बताए । साथै धम्कि दिने व्यक्तिलाई सोधपुचको लागि सुरक्षाकर्मीको टोलि त्यस तर्फ गएको र बुढा दाउरा काट्नको लागि जंगल तिर गएको र सोधपुचको लागि गएको सुरक्षाकर्मीको टोलिले निज व्यक्ति लाई नभेटाएको भट्टराईले जानकारी बताए ।

प्रतिक्रिया दिनुहोस