कार्तिक १६, काठमाडौँ । प्लाज्मा दान भनेको रक्तदान नै हो । रक्तदान गरीसकेपछि रगतबाट ‘प्लाज्मा’ छुट्याएर राखिन्छ । कोरोना संक्रमण मुक्त भएको १४ देखि २८ दिन भित्र दान गरिएका रगतबाट छुट्याइएका प्लाज्मा थेरेपीलाई चिकित्सा विज्ञानको भाषामा ‘प्लास्माफेरेसिस (plasmapheresis) नामबाट बुझिन्छ ।
कोरोना संक्रमणको उपचारमा प्लाज्मा थेरेपी विधिबाट गरिने उपचार प्रभावकारी मानिएको छ । यस विधिमा कोरोनालाई जितेर स्वस्थ भएका व्यक्तिको रगतबाट ‘प्लाज्मा’ छुट्टयाई संक्रमित मानिसमा त्यो प्लाज्मा ‘इन्जेक्ट’ गरिन्छ ।