• २०८१ चैत्र १३ गते बिहिवार

बाघको आक्रमणबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १६, बर्दिया । बर्दियामा पाटेबाघको आक्रमबाट एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएको गेरुवा गाउँपालिकामा शनिबार बेलुका पाटेबाघको आक्रमणबाट ६८ वर्षीय लहानु थारुको मृत्यु भएको हो ।

घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा पाटेबाघले आक्रमण गर्दा थारुको घटनास्थलमै ज्यान गएको हो । बाघले थारुलाई आक्रमण गरी मारेर त्यहीँ छाडेको र एउटा गोरुलाई बोकेर जंगलतर्फ लगेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए । बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषसहितको क्यामरा ट्रयापिङ र बाघ नियन्त्रणमा लिने विषेशज्ञसहितको टोली, इलाका प्रहरी कार्यालयबाट नेपाल प्रहरीको टोली पनि खटिएको छ ।

प्रतिक्रिया दिनुहोस