• २०८२ जेष्ठ २ गते बिहिवार

डेट एक्स्पायर भएका स्निकर्स चकलेट ठूलो परिमाणमा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, काठमाडौँ  । प्रहरीले काठमाडौंको कलंकीस्थित गणेशमान सिंह कलेज नजिकैको एक घरमा ‘डेट एक्स्पायर’ भएका स्निकर्स चकलेट ठूलो परिमाणमा फेला पारेको छ। सुराकीको आधारमा पुगेको प्रहरी टोलीले घरभित्रै प्रिन्टिङ मेसिन राखेर ती स्निकर्स चकलेटमा नयाँ डेट राख्न लागेको भेटाएको महानगरीय अपराध महाशाखामा एसपी ईश्वर कार्कीले जानकारी दिए। ‘घरभरि कोठा कोठामा डेट एक्स्पायर भएको स्निकर्स भेटिएको छ। के कति परिमाणमा छ भन्ने हामी हेर्दै छौं,’ उनले भने।

प्रहरीले वाणिज्य विभागको टोलीलाई पनि घटनास्थलमा बोलाएको छ। घरको एउटा कोठामा सकिएको डेट मेट्ने मेसिन राखिएको छ भने अर्को कोठामा नयाँ डेट राख्ने मेसिन राखिएको छ।  वाणिज्य विभागका अधिकारीले निरीक्षण गरेपछि स्निकर बरामद गरिने एसपी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस