असोज १५, काठमाडौँ । थप १९ सय ११ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७९ हजार ७ सय २८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हजार सय जनामा नमुना परीक्षण गर्दा १९ सय ११ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ९ सय ६१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५७ हजार ३ सय ८९ जना रहेको छ ।