• २०८२ जेष्ठ ४ गते शनिवार

घुससहित कार्यालय सहयोगी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५ ,धनुसा । धनुसामा नागरिकताका लागि सिफारिस गराइदिने भन्दै घुस लिने जनकपुरधाम उप महानगरपालिकाका एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै उपमहानगरपालिका वडा नम्बर १३ कार्यालयका सहयोगी दिलिप पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनले नागरिकताको सिफारिस गराइदिने भन्दै एक जना सेवाग्राहीसँग घुसवापत उक्त रकम लिएको अख्तियारले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस