• २०८१ मङ्सिर २४ गते सोमवार

दाङ ट्राफिक प्रमुखमा जिसी

पहिलो प्राथमिकता दुर्घटना न्यूनीकरणमा
सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

असोज १५,दाङ । दाङमा भर्खरै सरुवा भएर आउनु भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले ट्राफिक प्रहरीको मुख्य काम दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने बताएका छन् । ५ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलबाट सुरुवा भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ आउनु भएका ट्राफिक प्रमुख जिसीले सडक दुर्घटना न्यूनीकरणमा पहिलो ध्यान दिने बताएका छन ।

यसआर्थिक बर्षको दुई महिनामा दाङमा भएका २९ वटा सवारी दुर्घट्नामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८४ जना घाइते भएका छन् । यो संख्या धेरै रहेको भन्दै उनले यसलाई न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रमहरु निरंतरता ट्राफिक नियमको कडाईमा गर्ने बताएका हुन । ‘सडक दुर्घटना न्यूनीकरणका लागि सवैभन्दा पहिले सचेतना मुलक कार्यक्रम गर्नेछौ, त्यसका लागि हामीलाई सवैको सहयोग आवश्यक रहन्छ’ ट्राफिक प्रमुख जिसीले ‘सचेतनामुलक कार्यक्रम गर्दापनि अटेर गर्ने हरुलाई कारवाही गछौं । ट्राफिक प्रहरीले मात्रै चाहेर दुर्घटना न्यूनीकरण गर्न नसक्ने बताए । ओभरलोड बोक्ने टिप्परका कारण सडकको अवस्था कमजोरसँगै दुर्घटनाको जोखिम बढाउने भन्दै यसलाई रोक्ने बताए । त्यसैगरी बजार क्षेत्रमा ट्राफिक संकेत राख्नका लागि समेत सम्वन्धीत निकायसँग छलफल भैरहेको बताए ।

No description available.

‘घोराही बजारका सडकहरुमा ट्राफिक संकेत राख्ने विषयमा नगर प्रमुखसँग छलफल भएको उहाँले सडक निर्माण भैरहेकाले राख्न समस्या हुने बताउनुभएको छ’ हामीले निर्माणधिन सडकमा पछि राख्ने र निर्माण भैसकेको सडकमा ट्राफिक संकेत राखौ भन्ने कुरा राखेका छौ ।’ सहरीक्षेत्रका सडकमा ट्राफिक संकेत राख्न सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने छ । कार्यक्रममा सहभागी पत्रकारहरुले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनीरकणमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रवक्ता उत्तम जिसीले गर्नुभएको थियोे ।

No description available.

प्रतिक्रिया दिनुहोस