असोज १५, काठमाडौँ । बुटवलको कोरोना विशेष अस्पतालमा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल १/१ जना गरि थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका वार्ड १० का ८० बर्षीय पुरुषको मृत्यु भएको कोरोना अस्पतालमा फोकल पर्शन डा. शुर्दशन थापाले जानकारी दिए । उनको अनुसार असोज १२ गते कोरोना पोजेटिभ देखीएका उनलाई हिजो साझँ ७ बजे कोरोना अस्पस्पतलमा भर्ना गरिएको थियो । उपचार गर्दागर्दा राति मृत्यु भएको हो । उनलाई मुटु र प्रेसर रोगको पनि समस्या पनि थियो ।
त्यस्तै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सुनसरी जिल्लाको इटहरी–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
विराट मेडिकल कलेज विराटनगरबाट कोरोना संक्रमण पुष्टि भएको र उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि ल्याइएको र गम्भीर अवस्थामा रहेका उक्त संक्रमितको उपचारका क्रममा बुधबार राति ९:३० बजे मृत्यु भएको प्रवक्ता डा. सापकोटाले बताए ।