• २०८२ जेष्ठ ३ गते शुक्रवार

छायानाथ रारा नगरपालिकाले बाढ्यो अपाङ्गता परिचय पत्र

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज १५, मुगु । जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको छ । संघिय संरचना पछि पहिलो पटक छायाँनाथ रारा नगरपालिकाले बुधबार बाट अपाङ्गता परिचय पत्र वितरण कार्य शुरु गरेको हो ।                                               
अपाङ्गता अधिकार ऐन २०७४ र कार्यविधि २०७५मा उल्लेख भए अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकार अन्र्तगत छायाँनाथ रारा नगरपालिकाले बुधबार बाट परिचयपत्र वितरण शुरु गरेको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

छायाँनाथ रारा नगरपालिकाका उप प्रमुख सुन्तला रोकायाको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरि परिचयपत्र वितरण गरिरहेको छायाँनाथ रारा नगरपालिकाका नगर उप प्रमुख सुन्तला रोकायाले बताईन ।

यस नगरभित्रका ५० जना अपाङ्गता भएका ब्यत्तिले परिचय पत्र पाउँभनि यस कार्यलयमा निवेदन दिईएका थियो । अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले उनिहरुको शारिरिक अशक्तका आधारमा छनोट गरि श्रेणीका आधरमा परिचय पत्र वितरण गरीएको उपप्रमखु रोकायले बताईन । उनका अनुसार यस नगरभित्रका ५० जनाले अपाङ्गता परिचय पत्र पाउँ भनि निवेदन दिईएका र बुधबार २९ जना मात्रै उपस्थित भएकाले पहिलो चरणमा २९ जनालाई परिचय प्रत्र वितरण गरिएको छ ।

पहिलो चरणमा क श्रेणीका २ जना, ख श्रेणीका ८ जना ग श्रेणीका ७ जना र घ श्रेणीका १३ जना गरी २९ जना अपाङ्गता भएका ब्यत्तिहरुलाई अपाङ्गता परिचय पत्र वितरण गरीएको उप प्रमुख रोकायाको भनाई । बाँकी उपस्थित नभएका अन्य २० जनाको पनि नयाँ निवेदन परेकाले उनिहरुको अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिको अर्को निर्णय गरेर मात्रै परिचय पत्र वितरण गरिने जनाईएको छ ।

यसैबिच अपाङ्गता परिचय पत्र वितरण कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालकाका नगरप्रमुख हरिजंग शाहीले यस नगर भित्र रहेका सम्पुर्ण अपाङ्गता ब्यत्तिको हितको संरक्षण गर्न,तिनका स्वास्थ्य ,शिक्षा,रोजगारी,तालिम लगायतका अवसरमा सहभागि गराउन यस नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरण कार्य शुरु गरेको बताए । उनका अनुसार नगरभित्रका धेरै अपाङ्गता भएका ब्यत्तिले परिचय पत्र नपाउदा समावेशिकरण हुन तथा राज्यको सेवा सुविधा बाट बञ्चित हुन परेको थियो ।
त्यो अब नगरपालिकाले खुल्ला गरेको छ । कोहि अपाङ्गता भएका ब्यत्तिले यस कार्यलयमा अपाङ्गता परिचय पत्र पाउँभनि निवेदन दिईएमा र अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले उस्को शारिरिक परिक्षण गरी योग्य ठहर भएका उस्ले अपाङ्गता परिचय पत्र सजिलै पाउने नगरप्रमुख शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस