• २०८२ जेष्ठ २ गते बिहिवार

कोरोनाबाट थप ११ जनाको मृत्यु,मृतकको कुल संख्या २३९ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६,काठमाडौं । कोरोनाभाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताए । महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ ।

पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस