• २०८२ बैशाख २९ गते सोमवार

सुशील रेग्मी अभिनित “माया नयनी ताल” ( भिडियो सहित )

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १६ ,काठमाडौँ । अहिलेका चर्चित मोडेलहरु सुधिर श्रेष्ठ, रियाशा दाहाल र अर्का सम्भावना भएका मोडेल सुशील रेग्मीको अभिनय रहेको म्युजिक भिडियो ‘माया नयनी ताल ‘ लाइ सार्वजनिक भए संगै दर्शकले रुचाएका छन ।

 

गीतको म्युजिक भिडियो रिलिज भएको केहि घन्टामै युट्युब ट्रेडिंगको अग्रस्थानाम उक्लिदै गरेको छ ।लोकप्रिय गायक सरोज साजन श्रेष्ठ शब्द, संगीत र स्वर भएको यस गीत ‘माया नयनी ताल ‘ लाइ नेपाली लोक र पप जनरालाई फ्युजन गरिएको छ । ललितपुर र काठमाडौँ मा छायांकन भएको यस भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन।

https://youtu.be/6qKkA6BQO6o

भिडियोमा उत्सव दाहालको छायांकन, बिकाश दाहालको सम्पदान र सुरेन बसेलको नृत्य निर्देशन, दिपेन गौतमको निर्माण नियन्त्रण रहेको छ । सरोज साजन श्रेष्ठ प्रस्तुति र अन्तराष्ट्रिय कम्पनी नेप्सिनेको भिडियो निर्माण रहेको यस भिडियोमा निर्माता प्रेम रेग्मी रहेका छन । भिडियोमा नेप्सिनेको तर्फा बाट रायन रेज कार्यकारी निर्माता हुन ।

कोरना कहर बीच निकै मेहेनतका साथ सार्वजनिक गरिएको भिडियोलाई साथ र माया गरिदिन गायक गायक सरोज साजन श्रेष्ठ दर्शक, स्रोता र मिडिया हाउसलाइ आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस