• २०८२ बैशाख २९ गते सोमवार

कान्द्रा नदीमा डुबेर एक पुरुष बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६,कैलाली । कैलालीमा नदीमा डुबेर एक पुरुष बेपत्ता भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका भएर बग्ने कन्द्रा नदीमा डुबेर एक पुरुष बेपत्ता भएका हुन् ।आफन्तको मलामी आएका घोडाघोडी नगरपालिका- ४ माघीका अन्दाजी ४५ बर्षिय कालु सिंह साउद नदीमा डुबेर बेपत्ता भएका घोडाघोडी नगरपालिका वडा नं ४ का अध्यक्ष टेक बहादुर बुढाले जानकारी दिए ।


अध्यक्ष बुढाका अनुसार,आफन्तको मलामी आएका साउद आज बिहान करिब ११:१५ बजेतिर नुहाउनको लागि नदिमा गएका थिए । उनको खोजि कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख हरिशरण भट्टले जानकारी दिए । भट्टले नेपाल प्रहरी ,सशस्त्र प्रहरी तथा स्थानीयहरुद्बारा खोजी कार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस