भदौ १६, चितवन । काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घ’टना हुँदा पाँच जना घाइ’ते भएका छन् । आज बिहान ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा ख’सेको हो ।
दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका–२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घा’इते भएका छन् ।घाइ’तेहरुमध्ये १५ वर्षीय बाधे रानामगरको अवस्था ग’म्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको छ ।