साउन१७,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखमा कार्यरत दुई सबइन्जिनीयरविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।घुस रकम माग गरी भुक्तानी रोकेको सूचनाका आधारमा अख्तियारको कार्यालय सुर्खेतबाट खटिएको टोलीले असार १६ गते उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको सिलसिलामा उपभोक्ता समितिसँग रु ३० हजार घुस नदिए भुक्तानी रोकिदिने भनी चेक लुकाई भुक्तानी रोकेको पुष्टि हुन आएकाले सबइन्जिनीयरद्वय चन्द र श्रेष्ठविरुद्ध भ्रष्टाचार माग दाबी गरी मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयद्वारा जारी पे्रस नोटमा उल्लेख छ ।