• २०८२ बैशाख ४ गते बिहिवार

हिमताल जोखिममा  सतर्क रहन आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१७,सङ्खुवासभा । सङ्खुवासभाका १०४ हिमतालमध्ये लोवर वरुण हिमतालसहित चारवटा हिमताल जोखिममा रहेको अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड ले जनाएको छ ।नेपालमा पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा रहेको उल्लेख गर्दै उनले हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको बताए । इसिमोडका डा अरुणबहादुर श्रेष्ठका अनुसार मकालु बेसक्याम्पभन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिकास्थित हिमताल उच्च जोखिममा रहेको छ ।

सङ्खुवासभाका चार र तिब्बतका १७ वटा हिमताल फुट्ने जोखिममा रहेको बताइएको छ । हिमताल विस्फोट भएमा ठूलो धनजनको क्षति हुन सक्ने हिमताल पुगेर फर्किएका अरुण इन्जिनीयरिङ प्रालिका प्रबन्धक इसाक राईले बताए । हितालको गहिराइ मापन गरी आवश्यकताभन्दा बढी पानी बाहिर फाल्नुपर्ने देखिएको छ ।

हिमताल विस्फोट भएमा सङ्खुवासभा, भोजपुर, धनकुटा र सुनसरी जिल्लाका खोला किनारमा बसोबास गर्ने बस्ती उच्च जोखिममा पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकारवालालाई इसिमोडले आग्रह गरेको छ । हिउँ बढी पग्लने, हिमताल र नदीहरुमा धेरै पानी हुने भएकाले यतिबेला हिमताल फुट्ने सम्भावना बढी हुन्छ ।नेपालमा हिमताल विस्फोटका कारण आएको बाढीले क्षति पु¥याएको २१ वटा घटना अभिलेखमा छन् । विगतमा मार्चदेखि सेप्टेम्बरसम्म हिमताल फुटेको तथ्याङ्क छ । हिमतालहरूको जोखिम अध्ययन र सूचना प्रणाली जडानमा सरकारले ध्यान नदिएको वातावरण विज्ञहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस