• २०८२ बैशाख ६ गते शनिवार

उपत्यकामा आज हुने कार्यक्रमहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

आज उपत्यकामा हुने कार्यक्रमहरू निम्न रहेका छन ।

१.उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिती (ल्हुती यें) ले सर्वोच्च अदालतको आदेश पालना गराउन,सडक बिस्तारको नाममा निजि आवास माथीको हस्तक्षेप विरुद्व सरसफाइ कार्यक्रम गर्ने ।
स्थान:-का.म.न.पा-१६ बालाजु, बाइपास चोक ।
समय:-७:३० बजे ।

२.पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले हालै पशुपति क्षेत्र बिकास कोषले ल्याएको १०० बर्षे नयाँ गुरुयोजनाको बिरोधमा बाजागाजा सहित शान्तिपुर्ण प्रदर्शन गर्ने ।
स्थान:-पशुपति क्षेत्र भुवनेश्वरी मोटर पार्क ।
समय:-७:०० बजे ।

३.शाही युवा शक्ति नेपाल बुढानिलकण्ठ ले केन्द्रीय अध्यक्ष पशुपति खड्काको उपस्थितिमा बुढानिलकण्ठ नगरकमिटी गठन गर्ने ।
स्थान:-बुढानिलकण्ठ ।
समय:-८:०० बजे ।

४.बृहत आध्यात्मिक परिषद विश्व हिन्दू वौद्ध युवा संघको आयोजनामा विभिन्न ब्यक्तिहरूको उपस्थितिमा गोरक्ष एबंम धार्मिक प्रवचन कार्यक्रम हुने ।
स्थान :- मिर्गस्थली पशुपति ।
समय -१०:०० बजे यज्ञ १३:०० बजे प्रवचन ।

५.covid-19 enough is enough group मा आबद्ध स्वतन्त्र युवाहरूले अभियन्ताहरू विरुद्धको सरकारको ज्यादती र कोभिड १९ को फितलो व्यवस्थापनको विरुद्ध बृहत प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान:-बालुवाटार ।
समय:-१२:०० बजे ।

६.नेपाली काँग्रेस (वी. पी.) पार्टीले काठमाडौ क्षेत्र नम्बर ९ को क्षेत्रीय कार्यलय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम गर्ने ।
स्थान:-कलंकी थापा चोक थानकोट जाने बाटो ।
समय : १२:०० बजे

७.जनता समाजवादी पार्टी भिमसेन थापा-काठमाडौ सम्पर्क समितिको आयोजनामा जनता समाजवादी पार्टीका बरिस्ठ नेता डा.बाबुराम भट्टराई र केन्द्रीय पदाधिकारी डम्बर खतिवडाको उपस्थितिमा प्रशिक्षण कार्यक्रम हुने ।
स्थान:-गण्डकी बोर्डिङ स्कुल,म्हेपी,काठमाडौ ।
समय:-१४:०० बजे ।

८.ने बि संघ सानोठिमी क्याम्पस इकाई ले विभिन्न माग राखि SNE(special need education)विभागीय प्रमुख खगेन्द्र बराइलीको कार्यकक्षमा तालाबन्दी गरेको र स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थान:-सानोठिमी क्याम्पस ।
समय:-२०७७/०४/७ गते देखि जारी ।

९.covid-19 enough is enough group का अभियानता इसान अधिकारी (ई) सरकारले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि खुल्ला सत्याग्रह बसेको ।
स्थान:-वसन्तपुर डबली ।
समय:-२०७७/०४/०३ गतेको १२:३० बजे देखि जारी ।

१०.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

११.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :-देशभर ।
समय : नखुलेको ।

प्रतिक्रिया दिनुहोस