• २०८१ चैत्र २ गते आइतवार

अश्लील फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१७, तनहुँ । अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जनालाई प्रहरीको साइबर ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ । पक्राउ मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस