• २०८२ जेष्ठ ७ गते मङ्गलवार

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१७,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई शुक्रबार अबेर प्राप्त रिपोर्टमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार, सांसद यादव सहित उहाँको अंगरक्षक र चालकमा पनि कोरोना संक्रमण देखिएको छ ।

सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराउदै लेखेका छन, ‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन । म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस