• २०८१ पुष २९ गते सोमवार

बैङ्कमा पौने २ खर्ब थुप्रियो, ब्याजदर घटाउने प्रतिस्पर्धा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१७,काठमाडौं । बैकिङ क्षेत्रमा अहिले पौने २ खर्ब तरलता लगानीयोग्य रकम छ । बैङ्कहरुमा लगानी गर्ने रकम प्रशस्त भएपछि कहाँ लगानी गर्ने भन्ने अन्यौलमा बैङ्कहरु छन् । तरलता बढेसँगै लगानी विस्तारका लागि बैङ्कहरुले आफूले दिने कर्जाको ब्याजदर धमाधम घटाइरहेका छन् ।

हिजोमात्र नेपाल राष्ट्र बैङ्कले २० अर्ब तरलता बजारबाट प्रशोचन गरेको भट्टले जनाए । बैङ्कहरुलाई लगानी गर्न बाध्यात्मक अवस्था सिर्जना गर्नका लागि तरलता नतान्ने भनेको केन्द्रीय बैङ्कले अन्ततः २ पटक गरेर ४० अर्ब तरलता तानिसकेको छ ।यता बैङ्करहरु कर्जाको माग नै नभएपछि कसरी लगानी विस्तार गर्ने भन्दै केन्द्रीय बैङ्कले तरलता प्रशोचन गर्नुपर्ने बताउँदै आएका थिए ।

बैङ्कमा लगानीयोग्य रकम अधिक हुनु ऋणीका लागि फाइदा हो । कारण अहिले धमाधम कर्जाको ब्याजदर घटिरहेको छ । लगानी आकर्षित गर्न ब्याजदर घटाएर बैङ्कहरुले सूचना प्रकाशित गरिरहेका छन् । अर्थतन्त्र सामान्य अवस्थामा आउँदा अत्यधिक कर्जा माग हुने हुँदा अहिलेको तरलता काम लाग्ने बैकिङ विज्ञ अनलराज भट्टराई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस