• २०८२ बैशाख १६ गते मङ्गलवार

नेपाली नागरिकलाई कुवेतमा प्रवेशमा रोक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१७,एजेन्सी । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो ।कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सलाई रोक लगाएको हो । कडाउनका कारण कुवेतमा समस्यामा परेका कतिपय नेपालीहरुलाई नेपाल सरकारले उद्धार गरेर ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस