साउन१७,काठमाडौँ । दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले चीनले नेपालसँगको सम्बन्धलाई अत्याधिक महत्व दिएको कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गर्नुभएको छ । राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसँग काम गर्न इच्छुक रहेको गर्नुहुँदै द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन सकियोस् भन्ने अपेक्षा समत गर्नुभएको छ ।चिनियाँ राष्ट्रपति सीले यस कारण पनि नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गर्नुभएको छ, ताकि दुवै देशका नागरिकहरुले अधिक लाभ लिन सकुन् र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन सकियोस् ।
सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ । उहाँले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गर्नुभएको छ ।