साउन१७,एजेन्सी। भारतमा एकैदिनमा ५७ हजार ७०४ जना संक्रमित भएका छन् ।एकैदिन संक्रमित हुनेको अहिलेसम्कै सर्वाधिक संख्या हो ।यसअघि शुक्रबार पनि त्यहाँ ५४ हजार ९६६ जना संक्रमित थपिएका थिए । दुई दिनमा मात्रै भारतमा एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा ३५ हजार ७४७ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । सबैभन्दा धेरै मृत्यु हुने देशको सूचिमा भने छैटौं स्थानमा छ ।