• २०८० फाल्गुन १२ गते शनिवार

प्रचण्डलाई आफ्नै नेताहरुबाट दबाब

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन१७,काठमाडौँ ।नेकपाका दुई अध्यक्षबीच विगत केही समयदेखि सम्बन्ध चिसिँदै आएको छ । नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न दबाब दिएका छन् ।

अध्यक्ष प्रचण्डले आफू निकट असन्तुष्ट नेताहरुसँग गरेको छलफलमा ती नेताहरुसँग गरेको छलफलमा ती नेताहरुले पार्टी एकता जोगाउन अध्यक्ष ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।आफ्नै नेताहरुबाट दबाबमा परेका अध्यक्ष प्रचण्डले पनि आफू पार्टी एकता जोगाउन लचिलो बनिरहेको बताउँदै पार्टी एकताको रक्षा गरिने जनाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस