• २०८१ जेष्ठ ९ गते बुधवार

दैलेखमा कार्यालय प्रमुख सहित ४ जना घुस सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, दैलेख । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्र सुन्दर मल्लसमेत ४ जना घुस रकम सहित पक्राउ परेका छन ।

जिल्ला दैलेख, भगवतीमाई गाउँपालिका वडा नं.३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजिकरण गरिदिने भनी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्जिनियर मल्ल र सव-इन्जिनियर विरेन्द्र चन्दले सेवाग्राहीसँग रू २,४१,०१६ लिएका हन ।

घुस माग गरिरहेको भन्ने सूचना निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले निमित्त कार्यालय प्रमुख इन्जिनियर मल्ललाई कार्यालय परिसरबाट र सव-इन्जिनियर चन्दलाई खटिगइको कार्यस्थलबाट नियन्त्रणमा लिए पश्चात खानतलासी गर्दा ई. मल्लको आवासबाट उक्त रकम बरामद गरिएको हो ।

यस सम्बन्धमा अनुसन्धानको सिलसिलामा सव-इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे समेत गरी चारै जनालाई असार १६ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस