• २०८१ जेष्ठ ७ गते सोमवार

परिस्थितिले जन्माएका पात्रहरुलाई के ले रोक्यो ?

खिमराज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

देस कोरोनाको सन्त्रासमा छ, जनताहरु अझै आंशिक लकडाउनमा बस्न बाध्य छन । विस्वभर विभिन्न देसमा फैलिएर रहेका नेपालीहरुलाई सरकारले देसमा फिर्ता ल्याउने काम गरिराखेको छ । यहि महिनामा बजेट प्रस्तुत भयो । कोरोना नियन्त्रण, स्वास्थ्यसंग सम्बन्धित र कृषी आदि कुराहरु प्राथामिकतामा परे तैपनि देसको आर्थिक स्थिती केही खस्किदै छ । यो अस्वभाविक पनि होइन ।

सरकारले पनि सरकारको कामकारबाहीबारे र हर हिसाब जनता र सम्बन्धित पक्षलाई पारदर्सीरुपमा देखाइदिने, प्रधानमन्त्रीज्युले मन्त्री परिषदको हेरफेर गरि वसन्त नेम्वाङजस्ता ब्यक्तित्वको खोजी गरि सरकारमा सरिक गराउने, पार्टी नेकपा हो कि प्रचन्ड गुट, माधब गुट, झलनाथगुट, नारायनकाजीगुट या बामदेब र के पि गुट यो स्पष्टरुपमा जनता र कार्यकर्तालाइ बुझाउने गर्नु पर्दछ ।

कोरोनाको मारसंगै सलहले पनि कृषि बाली नष्ट गरि सताउंदैछ । छिमीकेले सीमा मिच्दा सबै दल, नागरिक समाज, बुद्दिजीवीलगायत आम जनताको बोली एउटै भइरहेको बेला नागरिक बिधेयकको चर्चा पनि सेलाएको छैन । जनताले मूल्यांकन गर्ने बेला पनि यहि हो किनकी अहिले जनता कोरोनाको कारणले गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीबाट बन्चित भइरहेको अबस्था छ । सरकार उक्त समस्याको समाधान गर्न प्रयत्न त छ र कोसिस गरिरहेको छ तर बिपक्षि दल र केही सामाजिक अभियन्ताहरु भने कोहि नागरिकता बिधेयक त कोहि एमसीसी बिरुद्दको आन्दोलन छेडेर कोरोनाको प्रवाह नगरी सडक तताइरहेका छन भने सरकार निकट पार्टी नेतृत्व भने समस्याको चुरो कहाँ हो त्यसको समाधानतिर नलागी, जनताको समस्यासंग अपरिचित जस्तै बनी अनेक गुट र उपगुटमा रुमल्लिएर सरकार गिराउने खेलमा लागिपरेको भन्ने विषयले अहिलेको राजनीतिक बजार फेरीपनि तातिएको अबस्था छ ।

त्यसैले देस र जनताको लागि बिकास र समृद्दी चाडै आवस, देसमा बिकासको मूल चाडै फुटोस, अन्य देससंगको सम्बन्ध नटुटोस, दिदी बहिनी, भाई भाई , कोहि छैन पराई भन्दै गुट र उपगुटमा नलागी स्वतन्त्र र निस्पक्षरुपमा भन्दै र बोल्दै अनि लेख्दै गर्दा कतै, पुर्खौंको सम्पतीमा आँखा लागाई सांध मिच्नेहरुसंग आफ्नै घरमा आगो लगाई खरानी बेच्नेहरुको सामिप्यता त छैन ? सायद, समय र परिस्थितिले नेपालको राजनीतिलाइ त्यही दिशातिर लगिराखेको आभास अहिलेको राजनीतिक बजारमा आइराखेको छ ।

तमाम शुभचिन्तक र नेपाली जनताहरु कुनैपनि दलका शीर्ष नेताहरुको महत्त्वाकांक्षाको कारण आजसम्म फड्के किनाराका साक्षी मात्र हुन बाध्य भई उन्नत समाजको परिकल्पनासंगै सपनाकै महलमा बिलाउने भए । जिज्ञासा यो मात्र होइन, जिज्ञासा, सामन्ती र दासता अनि साम्राज्यबाद र पूँजीबादको कठघराबाट छुटकारा पाउनको लागि सोझा र निमुखा जनता निरंकुशतन्त्रको विरोधको आंधिबेरीमा होमिए, कतिका सिंउदोका सिंदुर पुछिए त कतिका काख रित्तिए । कयौं बुवा आमाहरु भावविहल भइ सन्तानको बाटो कुरीरहंदा टोलाइरहेका ती नयनहरुको थकानले मुर्छित परिरहे ।

कोहि जानी या नजानी मृत्युको दोसांधमा जिउन बाध्य भए त कोहि तरवार लिने बाध्यताले निरंकुशतन्त्रको बिरुद्दमा घरवार छोड्न विवस भए । यसरी कयौं वर्षदेखिको हजारौं योद्दाहरुको बलिदानीले जोगाएको यो बिरासत कसैको उक्साहटमा या दम्भको भूमरीमा फेरि पनि यो मुलुकलाई कतातिर लगिंदै छ ? यस्ता अनुत्तरित प्रश्नहरु आज कति छन कति ।

तर जनतालाइ भेडा र उल्लु बनाई पद, पावर र पैसालाई नै ऐसा आराम सम्झिएर कुर्चीको भागबन्डा परिवार र नातागोतामा सीमित राखी बांकी बिलो जनताको नाममा चारो हालेर अब देस चल्दैन । न त आउरे बाउरे र धुपौरेहरुको वरिपरि मृगतृष्णामा रमाएर संधै गुट र उपगुटको कठघेरामा कोठे बैठकको राजनीतिले देश चल्छ । यसको सट्टामा संधै गुम्सिएर बस्नुभन्दा स्पष्टरुपमा सरकारले पनि सरकारको कामकारबाहीबारे र हर हिसाब जनता र सम्बन्धित पक्षलाई पारदर्सीरुपमा देखाइदिने, प्रधानमन्त्रीज्युले मन्त्री परिषदको हेरफेर गरि वसन्त नेम्वाङजस्ता ब्यक्तित्वको खोजी गरि सरकारमा सरिक गराउने, पार्टी नेकपा हो कि प्रचन्ड गुट, माधब गुट, झलनाथगुट, नारायनकाजीगुट या बामदेब र के पि गुट यो स्पष्टरुपमा जनता र कार्यकर्तालाइ बुझाउने गर्नु पर्दछ ।

एमसीसीबारे जनतालाइ गुमराहमा नराख्ने ,किनकी अमेरिकाले फेरि पनि चारो छर्दैछ । सीमाबारे बार्ताको पहल जोडदाररुपमा गर्ने , नागरिकता बिध्येकबारे चासो राख्ने, कोरोना नियन्त्रणमा भएको कामकारबाही सम्बन्धमा घोटला गर्नेलाइ यो, त्यो , आफ्नो अर्को नभनी कारवाहीको दायरामा ल्याउनेलगायत जनताको दैनिकीसंग सम्बन्धित विषयमा उठेका समस्याको समाधानको लागी सबै पक्षसंग समन्वय गरि अगाडि बढी पार्टीको पूरा जिम्मा प्रचन्डलाई दिइ सरकारको जिम्मा प्रधानमन्त्रीले लिएर यो या त्यो गुट नभनी पार्टी र सरकारकासाथै बिपक्षी दललगायत सबै पक्ष एकजुट भएर अगाडि बढन जनताको आड र भरोसामा परिस्थितिले जन्माएका पात्र तपाइहरुलाई के ले रोक्यो ? पदिय स्वार्थले ? या नातागोताले ? या त बिगतको दुश्मनीले ?

प्रतिक्रिया दिनुहोस