• २०८१ चैत्र ३ गते सोमवार

प्रहरी हिरासतमा आत्मह’त्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, ललितपुर । महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका एक जना अभियुक्त झुण्डि’एको अवस्थामा मृ’त भेटिएका छन् । हिरासतमा रहेका सिराहा घर भइ कोटेश्वर बस्ने दुर्गेश यादव झु’ण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनी जबर’जस्तीकरणी सम्बन्धी कसूरमा असार १३ मा प’क्राउ परेका थिए । उनको को’रोना (कोभिड–१९) भाइरस परीक्षण भइनसकेकाले हिरासतको छुट्टै कोठामा आइसोलेसनमा राखिएको थियो । ट्वालेटमा छिरेर ननिस्किएपछि प्रहरी अधिकारीले उनलाई बोलाएका थिए । यद्यपि, नबोलेपछि गएर हेर्दा झुण्डि’एका अवस्थामा भेटिएका उनलाई तत्काल पाटन अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनलाई मृ’त घोषित गरेको हो ।

प्रतिक्रिया दिनुहोस