असार १७, काठमाडौं । उपत्यकामा आज हुने कार्यहरु निम्न रहेका छन ।
१.यातायात मजदुर तथा ट्याक्सी व्यवसायीहरुले लकडाउनका कारण ट्याक्सी चलाउन नपाउदा परिवार पाल्न गारो भएको, बैंकको ऋण तिर्न नसक्ने दैनिक गुजारा गर्न गाह्रो भएको भनी ट्याक्सी संचालन गर्न पाउ भन्दै ट्याक्सी सहित धर्नामा दिने ।
स्थान:-मिनभवन स्थित यातायात व्यवस्था बिभाग अगाडि ।
समय:-७:०० बजे ।
२.निजामती सेवा बिधेयकको बिरोध गर्दै “नासु बचाउ अभियान” मा निजामती कर्मचारीका कार्यलय सहयोगि देखी अधिकृत सम्मको उपस्थितिमा समान्य प्रशासन मन्त्रालय अगाडी धर्ना दिने ।
स्थान:-समान्य प्रशासन मन्त्रालय अगाडी,सिंहदरबार ।
समय:-९:०० बजे ।
३.नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक बस्ने ।
स्थान:-प्रधानमन्त्री निवास,बालुवाटार ।
समय:-११:०० बजे ।
४.नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने ।
स्थान:-पार्टीको केन्द्रीय कार्यालय,सानेपा,ललितपुर ।
समय:-११:०० बजे
५.संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने।
स्थान :- संसद भवन नयाँ बानेश्वर ।
समय -१३:०० बजे ।
६.संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्ने।
स्थान :- संसद भवन नयाँ बानेश्वर ।
समय -१३:०० बजे ।
७.संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समितिले एमसीसी,सिमा,नागरिकता,बैंक ब्याज,PCR टेष्ट तथा राष्ट्रघातको विरुद्धमा नागरिक खबदारी सभा कार्यक्रम गर्ने ।
स्थान:-माइतीघर मण्डला ।
समय:-१३:०० बजे ।
८.नेकपा (क्रान्तिकारी माओवादी)ले एमसीसी सम्झौताको विरुद्ध विरोध प्रदर्शन तथा विरोध सभा कार्यक्रम गर्ने ।
स्थान:-शान्तिवाटिका रत्नपार्क।
समय:-१३:०० बजे ।
९.संघीय संसद,प्रतिनिधि सभा,विधायन व्यवस्थापन समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१५:०० बजे ।
१०.स्वतन्त्र युवाहरू covid 19 Enough is Enough group ले कोभिड १९ को सबल व्यवस्थापन र नागरिहरूको जिवन रक्षाको माग गर्दै सत्याग्रहको छैटौं दिन समाजिक दुरी कायम गरि शान्तिपुर्ण प्रदर्शन गर्ने ।
स्थान:-बालुवाटार ।
समय:-१६:०० बजे देखि १८:०० बजे सम्म ।
११.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा प्रधानमन्त्री र सभामुखलाई ध्यानाकर्षण पत्र बुझाउने ।
समय:नखुलेको ।
१२.मिति २०७७/०३/१२ गते १३:५० बजे देखि पाटन स्थित कृष्ण मन्दिरको अपोजिटमा covid 19 Enough is Enough group का प्रमुख अभियान्ता इसान अधिकारी (ई) कोभिड १९ को सबल व्यवस्थापनको मागगर्दै सत्याग्रह बसेको ।
१३.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान : देशभर ।
समय : नखुलेक