• २०८१ जेष्ठ १० गते बिहिवार

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । प्रतिनिधिसभा समानुपातिक सांसद छन्त्यालको बुधवार बिहान काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो ।

मुटु रोग सम्बन्धी समस्याबाट पीडित छन्त्याल बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी थिइन् । बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास गर्दै आएकी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।

प्रतिक्रिया दिनुहोस