जेष्ठ १९, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा न ६ प्रयाप्त मात्रामा क्वारेटाइन नहुदा भारतबाट आएका नेपाली नागरिक त्रीपाल मुनी पानीमा बस्न बाध्य भएका छन । लगातार परिरहेको पानीका कारण त्रिपाल ओडेर बस्न बाध्य भएका छन् ।कोराना भाइरस नियन्त्रणका लागी निकै तामझमका वडा कार्यलय लागेपनी पछिल्लो समयमा कोराना भाइरस नजिकिदा समेत व्यवस्थापन मौन भएको स्थानीयको आरोप छ ।
केही समय अघि वडा कार्यलयले कोराना नियन्त्रणका लागी वडामा प्रबेशमा रोक लगाउन युवाहरु भत्ताको व्यस्था मिलाइ वडालाइ कोराना महामारीबाट बचाउन लागी परेको भएपनी अहिले बस्नको लागी ठाउको अभाव हुदा समेत ठाउ व्यस्थापन गर्नै वडा कार्यलय चुकेको स्थानिय बासीले आरोप लगाएका छन । अहिले वडामा ६ बाट भारतबाट आउने संख्या बढेपछि क्वारेन्टिनको अभाव भएको छ । वडामा पाचं ओटा क्वारेटाइन निर्माण गरिएका छन । बडातडो आधारभुत बिद्यालय बछुरियामा ६२ जना पुरूष र २० जना मलिा गरि जम्मा ८२ जना, प्रतिखेत बर्थिक सेन्टरमा २२ पुरूष र १२ महिला गरि जम्मा ३४ जना , बेथेल चर्च बसन्तामा २९ जना पुरूष र १ जना महिला गरि जम्मा ३० जना, संत्संग भवन आर्दशनगरमा १७ जना पुरूष, सरस्वती आधारभुत बिद्यालय बसन्तामा ९६ जना पुरूष र २० जना महिला गरि जम्मा ११६ जनाले आश्रय लिइरहेका छन ।
दिन प्रति दिन भारत बाट आउने संख्या बढदै गएपछि ठाउको अभाव भएको छ । निर्माण गरिएका क्वारेन्टिन पनी मापदण्ड बिपरित रहेको स्थानीयले बताउदै आएका छन् । सयौको सख्या मा मानीसहरु बस्दै आएकाले न त प्रायप्त पानी व्यस्था न त शौचालयको व्यस्था नगरिएको क्वारेटाइनमा बस्दै आएका एक युवाले बताए । तर वडाध्यक्ष बिनोद बिश्वकर्माले व्यवस्थापन पाटोमा आफुहरु दिनरात खटेको बताउनु भएको छ । नगरपालिका तयार गरेको मापदण्ड अनुसार नै क्वारेटाइन व्यवस्थापन लागिरहेको बताए । वडा प्रयाप्त मात्रमा भौतिक संरचना नहुदा व्यस्थापन केही समय लाग्ने भएको बताएका छन ।