जेठ १९, बाँके । बाँकेको राप्ती सोनारीमा १२ जनाको ज्यान जाने गरी भएको दुर्घटनाका घाइते २० जनाको परिचय खुलेको छ । घाइते मध्ये सिद्ध कुमाख ४ छापडाँडाका का २८ वर्षिय लोकेश घर्ति, १८ वर्षिय शिव भण्डारी, शिद्दकुमाख ५ का १८ वर्षिय धन बहादुर बोहरा, शिद्दकुमाख ५ दहका ४० वर्षिय नेत्र बहादुर बुढाथोकी, १८ वर्षिय देवेन्द्र खड्का र १७ वर्षिय ज्ञान बहादुर बोहरा, वनगाड कुपिण्डे ६ घाँजरीका २० वर्षिय मिनराज विक र ५२ वर्षिय दिप बहादुर बुढा, शारदा नगरपालिका ६ कि २६ वर्षिया टिका चलाउने रहेका छन् ।
यस्तै रोल्पा त्रिवेणी ७ का १७ वर्षिय सुनिल परियार, १८ वर्षिय पुरन परियार, २० वर्षिय विरेन्द्र परियार, रोल्पा कुरेलीका ५२ वर्षिय नर बहादुर विक र रोल्पाका ४० वर्षिय दिल बहादुर विक रहेका छन् । यस्तै दाङ गढवाका २० वर्षिय भरत थापा, राजपुर २ का २० वर्षिय जिवन घर्ति , राजपुर ६ का २० वर्षिय दिपेश चौधरी, तुलसिपुर २ खैरिखोलाका २३ वर्षिय रूपलाल केसि, २ कै ४० वर्षिय विष्णु गिरी र दाङका मेघराज केसी रहेका छन् । घटनामा १२ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् ।
भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी २ मा दुर्घटना भएको थियो । गाडि ठुरिया जंगलमा रोकिराखेको वा ४ ख ९०६४ नम्वरको ट्रकमा ठोक्किएको थियो । । दुर्घटनामा घाइते मध्ये १ जनाको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या १२ पुगेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुल दिप चंन्दले जानकारी दिनुभएको छ ।